महेश बस्नेतको प्रश्न: अफगानिस्तानबाट नेपालीको उद्धार गर्न ओली सरकार नै आउनुपर्ने हो ?

NAWALPUR TIMES

महेश बस्नेतको प्रश्न: अफगानिस्तानबाट नेपालीको उद्धार गर्न ओली सरकार नै आउनुपर्ने हो ?
1629112492696

काठमाडौं । एमालेका सांसद महेश बस्नेतले अफगानिस्तानमा अलपत्र परेका नेपालीको तत्काल उद्धार गर्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बस्नेतले अफगानिस्तानमा चलिरहेको द्वन्द्वमा फसेका नेपालीको तत्कालर उद्धारको माग गरेका हुन् ।

सांसद बस्नेतले विभिन्न सात बुँदामा माग राख्दै केपी ओली र कमल थापाले अफगानिस्ताबाट चार्टड गरेर नेपालीको उद्धार गरेको पाठ किन नसिकेको भनेर सरकारलाई प्रश्न गरे ।

उनले भने, ‘कि यस्ता समस्या समाधान गर्न फेरि केपी ओली सरकार नै आउनु पर्ने ?’ सांसद बस्नेतले आयोग बनाएर मात्र सरकार पन्छिन नमिल्ने बताउँदै तत्काल उद्धार गर्नुपर्ने बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology