महिला शशक्तिकरण आजको आवश्यकता

NAWALPUR TIMES

महिला शशक्तिकरण आजको आवश्यकता
210928622 823825928558875 6701014270824449938 n

ईन्दु भसाल-

आज को आधुनिक समयमा महिला सशक्तीकरण एक विशेष चर्चा को विषय बनेको छ। राष्ट्रिय विकासमा महिला को महत्त्व र अधिकार का विषय मा समाजमा जागरुकता ल्याउन का लागि मातृदिवस,अन्तर्राष्ट्रिय नारी दिवस जस्ता विभिन्न कार्यक्रम सरकार ले समय समय मा ल्याइरहेको हुन्छ।

यस्ता विबिध कार्यक्रम ले साच्चिकै महिला सशक्तीकरण मा सहयोग पुर्याएका छन त । भासणमा महिला आसनमा महिला र शासनमा महिला त छन तर के सबै महिलाले आफ्नो हक अधिकार को प्रयोग गरेका छन तरुके साच्चिकै महिला माथी हुने अपराध हरु घट्दो क्रम मा छन त ?

महिलामा अत्याधिक हुने घरेलु हिंसा को कुरा गर्ने नै हो भने अशिक्षित र गरिबी को दलदल मा परेका परिवार को महिला त छदै छन तर बिडम्बना यो छ कि शिक्षित र हरेक कुरामा अब्बल परिवार मा पनि महिला घरेलु हिंसा को भुमरी मा यसरी परेका छन कि जुन त्यस बाट निस्किन सकिरहेका छैनन।मानसिक,शारिरिक यातना मा होमिएका शिक्षित बर्ग भनौदा का अधिकांश महिला हिंसा को सिकार भएका छन।समाजमा इज्जत गुमाउने डर र बिलासि जिबनको परिपुर्ति भएकै आधारमा पनि महिला मौन बस्न बाध्य छन।तर जब सम्म महिलाले हरेक हिंसा विरुद्धको आवाज उठाउदिनन तब सम्म महिला पीडित नै हुनेछिन।आजको दिनमा पनि दाइजो का कारण विभिन्न ठाउ मा बुहारी को हत्या गरिएको छ।

अब महिला सुरक्षित कहाँ तरुहरेक आमा डराउन पर्ने अहिले को बिकराल अवस्था जुन कि आफ्नै छोरिलाइ बुवा,काका,मामा बाट जोगाउन गार्‍हो भएको यो अवस्थामा नबजात ६ महिने शिशु देखि ७० बर्ष को बृद्द महिला मा यौन शोषण भएको तथ्यांक पाउन सकिन्छ । महिला शसक्तिकरण का कुरा गर्दै गर्दा हिंसा रहित समाजको निर्माण का लागि सर्बप्रथम महिला नै शिक्षित भइ हरेक काम मा पुरुष सरह अघि सरि आफ्नो आत्मबल बढाउन जरुरी छ।जस अन्तरगत म एक महिला म एक बुहारी हो भन्ने धारणा महिलाले हटाउन आवश्यक छ। म महिला भएकै कारण मलाइ यस्ता व्यवहार गरियो भन्ने धारणा अन्त्य गरि म नाम मा महिला हो तर पुरुष सरह छु भन्ने मनोबैज्ञानिक धारणा को बिकास गरि मनोबल बढाउने हो भने महिला मानसिक सारिरिक सामाजिक र संबेगात्मक रुपमा अब्बल भै केही घरेलु हिंसा को पनि न्यूनीकरण हुने संभावना देखिन्छ।तसर्थ महिला शसक्तिकरण आज को आवश्यकता मात्र नभइ सुसस्कार,अनुशासित र हिंसा रहित समाजको निर्माण को एक बलियो खम्बा छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology