महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोकालाई लगाएपछि…

NAWALPUR TIMES

महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोकालाई लगाएपछि…
khasi

कावासोती । गुल्मीको धुर्कोट गाउँपालिकामा परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोका, पाठामा लगाएको पाइएको छ।

गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले बोको पाठालाई संगिनी सुइ लगाएका हुन्।

यस्तो कार्य गरेको पाइएपछि गाउँपालिकाले सूचना जारी गर्दै मानव स्वास्थ्यमा दीर्घकालिन असर पर्न सक्ने भन्दै सो कार्य रोक्न निर्देशन दिएको छ।

आगामी दिनमा यस्तो कार्य गर्ने गराउने गरेको पाइएमा कानुन बमोजि सजाय दिने भन्दै संगिनी सुइ लगाउन तत्काल रोक्न गाउँपालिकाले सूचनामार्फत आग्रह गरेको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology