महागठबन्धनको तर्फ बाट गण्डकी प्रदेश अध्यक्षमा शर्माले उम्मेदवारी दिने

NAWALPUR TIMES

महागठबन्धनको तर्फ बाट गण्डकी प्रदेश अध्यक्षमा शर्माले उम्मेदवारी दिने
received 3843724235708100

कावासोती । नवलपुरमा रहेर विगत २५ वर्ष देखि पत्रकारिता गर्दै आएका पत्रकार नारायण शर्माले नेपाल पत्रकार महासंघको आसन्न महाधिवेशनमा प्रेस युनियनको नेतृत्वमा बनेको महागठबन्धनको तर्फ बाट गण्डकी प्रदेश अध्यक्षमा उम्मेदवारी दिने भएका छ्न ।

रत्न राज्य लक्ष्मी क्याम्पस काठमाडौबाट पत्रकारितामा स्नातक गरेका शर्माले साबिक नवलपरासीको २०६४ मा प्रेस युनियनको अध्यक्ष र २०७० मा नेपाल पत्रकार महासंघको अध्यक्ष भएर काम गरिसकेका छ्न ।

लोकपत्र दैनिकबाट पत्रकारिता सुरु गरेका शर्मा विगत २३ वर्ष देखि कान्तिपुर दैनिकमा आबद्ध छ्न । कान्तिपुर दैनिकका उपसम्पादक रहेका शर्मा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका वर्तमान उपाध्यक्ष समेत हुन ।

प्रदेश सरकार सँग समन्वय गरि प्रदेश प्रेस काउन्सिलको स्थापना गर्न पहल गर्ने, श्रमजिबि पत्रकार साथिहरुको हक हित र अधिकार कार्यान्वयनका लागि प्रदेश स्तरमा मजबुत आयोगको स्थापना गर्ने पहल गर्ने , बोल्ने , देख्ने र सुन्ने पत्रकार महासंघ बनाउने , हरेक श्रमजिबिको सम्मान , उचित पारिश्रमिक र समयमानै भुक्तानीको व्यवस्थापनका लागि पहल गर्ने , पत्रकारको क्षमता वृद्धि अभियान, प्रदेशका संचारमाध्ययम लाई समानुपातिक बिज्ञापनका लागि पहल गर्ने , पत्रकार मात्र हैन संचार सस्था पनि बचाउने अभियान सन्चालन गर्ने आफ्ना प्रमुख एजेन्डा रहेको शर्माले बताए ।

देशभरका पत्रकार माझ चर्चित पत्रकार शर्मालाई प्रेस युनियनको नेतृत्वमा रहेर बनेको महागठबन्धनले प्रदेश अध्यक्षको उम्मेदवार बनाएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology