मलेसियाविरुद्ध नेपालको सहज जित

NAWALPUR TIMES

मलेसियाविरुद्ध नेपालको सहज जित
277185129 948737892511855 3621174998003190169 n

काठमाडौं । घरेलु मैदानमा आयोजित त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले दोस्रो जित हात पारेको छ ।

बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै मलेसियाविरुद्ध नेपालले ६ विकेटको जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १३.४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्दै १ सय १७ रन बनायो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५७ रनको योगदान गरे । उनले ३८ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । आसिफको करिअरको यो दोस्रो अर्धसतक हो ।

अर्का ओपनर कुशल भुर्तेल ६ बल खेल्दै १ रन बनाएर आउट हुदा आसिफले तेस्रो नम्बरमा क्रिजमा आएका ब्याटर दिपेन्द्रसिंह ऐरीसँग ७० रनको साझेदारी गरेका थिए । दिपेन्द्रले २१ रनको योगदान गरे ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology