मर्यादित पत्रकारिताको अभियान अगाडि बढाउन आवश्यक- सञ्चारमन्त्री गुरूङ

NAWALPUR TIMES

मर्यादित पत्रकारिताको अभियान अगाडि बढाउन आवश्यक- सञ्चारमन्त्री गुरूङ
33333

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मर्यादित पत्रकारिताको अभियान अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको छ।

मिडिया एक्सन नेपालले काठमाडौँस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा आयोजना गरेको ‘मिडियामा भ्रामक समाचार र रोकथाम’ विषयमा चितवन, नवलपुर र नवलपरासी जिल्लाका पत्रकारलाई प्रदान गरेको दोस्रो चरणको तालिम समापन समारोहमा मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो।

पछिल्लो समयमा मानिसलाई एकदमै निराश बनाउने खालका नकारात्मक समाचार आउन थालेको र त्यसले मिडियाको विश्वसनीयतामा नै प्रश्न उठेको बताउँदै ‘जिम्मेवार पत्रकारिताको मापदण्ड र न्यूनतम व्यावसायिक मर्यादा भित्र रहेर पत्रकारिताका नकारात्मक सूचीहरुलाई सकारात्मक सूचिमा परिवर्तन गर्न आवश्यक छ उहाँले भन्नुभयो ।’

उक्त तालिम कार्यक्रममा नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डी बेरीले नेपाली पत्रकारहरुले जिम्मेवार पत्रिकाको मूल्य बुझेको र प्रश्न गर्ने मामिलामा उनीहरुमा कुनै हिच्किचाहट नरहेको आफूले पाएको अनुभव सुनाए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सबै पत्रकारहरूले सत्यतथ्य समाचार सम्प्रेषण गर्ने र  पत्रकारिता सामाजिक उत्तरदायित्वको पेशा भएकोले राज्यका निकायमा हुने काम कारबाही र गतिविधिहरूको निगरानी गर्नु जरूरी रहेको बताउनुभयो।

मिडियामा भ्रामक तथा गलत समाचारको रोकथामसम्बन्धी दोस्रो चरणको कार्यशाला तालिम (वेबिनार) आईतबारदेखि सुरू भएको छ। मिडिया एक्सन नेपालको आयोजनामा भएको तीनदिने तालिममा नवलपरासी बर्दघाट सूस्ता पूर्व र पश्चिम जिल्लाका १६ जना पत्रकारहरुको सहभागिता रहेको छ। भ्रामक तथा गलत सूचनाको पहिचान र रोकथाममार्फत विश्वसनीय पत्रकारिताको संम्बर्द्धन गर्दै आम स्रोताहरूमा सही सूचना र समाचार सम्प्रेषण गर्नका लागि तालिमको आयोजना गरिएको मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले बताउनुभयो।

गत हप्तामात्रै चितवनमा दोस्रो चरणको ३ दिने तालिम सत्र्चालन रहेकोमा आज एक समारोहका बिच तालिमको समापन कार्यक्रम राखिएको थियो। नवलपरासी बर्दघाट सूस्ता पूर्व र पश्चिमका १६ पत्रकारहरूको तालिम भोलिसम्म चल्ने छ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले देशभरका मिडियाहरुमा प्रकाशित भ्रामक समाचारहरुको सम्बन्धमा विभिन्न जिल्लाका पत्रकारहरुलाई दुई चरणमा तालिम प्रदान गरेको जानकारी गराउनुभयो ।

 

 

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology