मरेकाे बच्चालाई कुकुरले च्यापेर जब अस्पतालभरि डुलायाे…

NAWALPUR TIMES

मरेकाे बच्चालाई कुकुरले च्यापेर जब अस्पतालभरि डुलायाे…
kukur

सुर्खेत । वीरेन्द्रनगरका हरि कँडेल आफन्त बिरामी भएर शुक्रबारदेखि अस्पतालमा कुरुवा बसेका थिए। शनिबार विहानै उनी औषधि लिन नजिकैको फार्मेसीमा जाँदै गर्दा कुकुरले भर्खरै जन्मेको जस्तो देखिने बच्चालाई मुखमा च्यापेर अस्पतालको इमरजेन्सी कक्ष बाहिरबाट हिँडिरहेको थियो। उनले फोटो खिचेर तत्कालै सामाजिक सञ्जालमा पोष्ट गरे। अहिले यो दृष्य सामाजिक सञ्जालमा भाइरल छ।

कर्णाली प्रदेशकै ठूलो अस्पतालभित्रको यो दृष्यले धेरैलाई आश्चर्यचकित बनाएको छ। ‘फार्मेसीमा औषधि लिन जाँदा कुकुरले टाउको नभएको बच्चा मुखमा च्यापेर इमरजेन्सी वार्डको वरिपरि हिँडिरहेको थियो,’ फोटो खिचेका कँडेलले भने, ‘कहँबाट कुकुरले बच्चा ल्यायो भन्ने थाहा भएन।’ उनले तत्कालै अस्पताल प्रशासनलाई पनि जानकारी गराए।

अस्पताल प्रशासनले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। ‘छानबिनका लागि प्रहरीलाई खवर गरेका छौं,’ अस्पताल प्रशासन प्रमुख विनोद बस्नेतले भने, ‘छानबिनपछि भएको के हो जानकारीमा आउँला।’ याे खबर नागरिक दैनिकमा छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology