मन्दिर डुलेका भरमा अब राजतन्त्र फर्किन्न : पूर्व प्रधानमन्त्री खनाल

NAWALPUR TIMES

मन्दिर डुलेका भरमा अब राजतन्त्र फर्किन्न : पूर्व प्रधानमन्त्री खनाल
received 1975019332879378

कावासोती । नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र मन्दिर डुलेका भरमा अब राजतन्त्र नफर्किने बताएका छन् । ‘राजतन्त्र त रसातलमा पुगिसक्यो, उनको शासनकाल सकियो अब फेरि फर्कन्न,’ खनालले भने, ‘त्यो इतिहासमा भासियो कल्पना नगरे हुन्छ ।’

ज्ञानेन्द्रको शासनकालमा जनताले बोल्न लेख्न नपाएको स्मरण गर्न सुझाव दिँदै खनालले अहिलेको पुँजीवादी शासन व्यवस्था धेरै प्रगतिशील भएको जिकिर गरे । यही शासन व्यवस्थाबाटै समाजवादको यात्रा सुरु गर्न प्रगतिशील चिन्तित राखेर अघि बढ्नु आजको आवश्यकता भएको उनले तर्क गरे ।

एकीकृत समाजवादीको मेची महाकाली जागरण अभियानअन्तर्गत शनिबार कावासोतीमा आयोजित सभामा बोल्दै पूर्वप्रधानमन्त्री खनालले अहिलेको शासन व्यवस्थामा केही मुठ्ठीभरका व्यक्ति अर्बपति, खर्बपति भएको भन्दै जनता कंगाल हुँदै गएको चर्चा गरे । ‘यस्तो शासन व्यवस्थामा हुने नै यस्तै हो,’ उनले अगाडि भने, ‘जनता सकिँदै जान्छन् मुठ्ठीभरका दलाल पुँजीपति अर्बपति हुँदै जानुमा यही शासन व्यवस्थाको दोष हो । यसमा व्यापक सुधार जरुरी छ ।’

अहिलेको शासन व्यवस्थाले जनता झनझन कंगाल हुँदै जाने उनले सुनाए । मान्छेले मान्छे बेचेर खाने म्यानपावर दलालको बिगबिगी बढेको चर्चा गर्दै खनालले ती सबै चिजको निवारणका लागि समाजवादी आन्दोलन आवश्यक रहेको र आफूहरुले त्यही काम गर्दै आएको उनको दाबी थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology