मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० असार २६ गते १३:३३
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु
359495762 600025032245082 435231454425496511 n mm98nwSnud 768x377 1

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी वसन्त भट्टराईले दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको जानकारी दिनुभयो । साथै हेलिकोप्टर दुर्घटनास्थलमा बेनी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नीराजन बस्नेत नेतृत्वको टोली पुगेको छ ।

प्रजिअ भट्टराईका अनुसार दुर्घटनास्थलमा पाँच जनाको शव फेला परेको र एक जनाको खोजी भइरहेको छ । साथै मृतकको पहिचान खुलिसकेको छैन भने थप विवरण आउन बाँकी रहेको उहाँको भनाइ छ ।

गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेतले लिखु पिके गाउँपालिका –५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर भेटिएको जानकारी दिनुभएको थियो ।

हेलिकोप्टरमा सवार चालक दलका सदस्यबाहेक पाँच जना म्याक्सिकन नागरिक भएको पुष्टि भएको छ । क्याप्टेन चेत गुरुङले उडाउनुभएको हेलिकोप्टरमा सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार,सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक हुनुहुन्थ्यो ।

सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर सोमबार बिहान काठमाडौंका लागि उडेको मनाङ एयरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

प्रकाशित : २०८० असार २६ गते १३:३३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI