मनसुनी वायुको प्रभाव : पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना

NAWALPUR TIMES

मनसुनी वायुको प्रभाव : पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना
60e67fdd30a51 Untitled 1

काठमाडौं : मनसुनी वायुको प्रभावले पाँच प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार हाल देशका अधिकांस भू-भागमा सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनि प्रदेशका थोरै स्थानहरुमा  हल्का वर्षा भइरहेको छ।

मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन /चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

राती पनि प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनि प्रदेशका  एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै अनि गण्डकी, लुम्बिनि र कर्णालि प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
बिहीबार लुम्बिनि र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ। वर्षाका कारण कोशी र यसका सहायक नदीहरूमा बहाब बढ्ने छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology