मनकारी वडा अध्यक्ष पाण्डे :जसले दुईसय जनाको आफ्नै खर्चमा कोरोना बिमा गराए

NAWALPUR TIMES

मनकारी  वडा अध्यक्ष पाण्डे :जसले दुईसय जनाको आफ्नै खर्चमा कोरोना बिमा गराए
received 768916887196797
No ads found for this position
No ads found for this position

१२ भदौ/कावासोती
कावासोती नगरपालिका वडा नं ६ का अध्यक्ष हेमप्रसाद पाण्डेले शुक्रवार वडा भित्रका २०० भन्दा धेरैजनाको आफ्नै व्यक्तिगत खर्चमा कोरोना बिमा गराएका छ्न ।

वडा भित्रका अति विपन्न , शारीरिक रुपले अशक्त , दैनिक ज्यालादारी गर्ने २०० परिवारको एक परिवार एक जनाको दरले कोरोना बिमा गरिदिएको पाण्डेले बताए ।

सरकारले निरन्तर तलब पाइरहने कर्मचारीको कोरोना बिमा गरिदिएको तर दैनिकी ज्यालादारी गरेर घर खर्च चलाउने विपन्न वर्गको बिमातर्फ ध्यान नदिए पछि आफ्नै खर्चमा बिमा गरिदिएको पाण्डे बताउछ्न । “कोरोनाको भयावह स्थिति आएको छ, कोरोना संक्रमण कसैलाई नहोस तर भईहाले केही भए पनि राहत हुन्छ भनेर बिमा गरिदिएको हुँ,” पाण्डेले बताए ।

अध्यक्ष पाण्डेले सिद्धार्थ इन्स्योरेन्सका प्रतिनिधि बेद प्रसाद न्यौपाने मार्फत कोरोना शुक्रबार कोरोना बिमा गराएका हुन । बिमा गरेका व्यक्ति कोरोना संक्रमित भए बिमा वापतको एकलाख पाउने छ्न । पान्डे गत स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस बाट निर्वाचित भएका हुन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position
No ads found for this position

थप समाचार

No ads found for this position
No ads found for this position

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Site By: Genesiswtech.com