मध्यविन्दु नगरपालिकाको बाह्रौं नगर सभा सम्पन्न

NAWALPUR TIMES

मध्यविन्दु नगरपालिकाको बाह्रौं नगर सभा सम्पन्न
nagar sava photo

कावासोती :  पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाको बाह्रौं नगरसभा शुक्रबार सम्पन्न भएको छ ।

नगरसभाले चालु आर्थिक वर्ष २०७९÷०८० को बजेट तथा कार्यक्रम संशोधन सहित फोहरमैला व्यवस्थापन विधेयक २०७९ पारित गरेको हो । नगर सभाले नगर शिक्षा ऐन दोस्रो संशोधन, मध्यविन्दु नगर खेलकुद सम्बन्धि विकास गर्न बनेको ऐन प्रथम संशोधन र नगर प्रहरी ऐन प्रथम संशोधन प्रस्ताव समेत सर्वसम्मत रुपमा पारित गरेको छ ।

नगरसभामा नगर उपप्रमुख पूर्णकला चौधरीले सभामा चालु आर्थिक वर्ष २०७९÷०८० को बजेट तथा कार्यक्रम संशोधन पस्ताव, फोहरमैला व्यवस्थापन विधेयक ऐन २०७९, नगर शिक्षा ऐन दोस्रो संशोधन प्रस्ताव, मध्यविन्दु नगर खेलकुद सम्बन्धि बिकास गर्न बनेको ऐन प्रथम संशोधन प्रस्ताव र नगर प्रहरी ऐन प्रथम संशोधन प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । साथै उपप्रमुख चौधरीले नगरसभामा गत आ.व. २०७८÷०७९ को यथार्थ आय, व्याय र नगद मौज्दातको स्थिती प्रस्तुत गर्नभएको थियो । साथै उपप्रमुख चौधरीले नगरसभामा चालु आर्थिक वर्ष २०७९÷०८० को एघारौं नगरसभाबाट पारित कार्यक्रम तथा बजेट कार्यान्वयनको अर्ध–वार्षिक बित्तिय प्रगति समिक्षा प्रस्तुत गर्दै २०७९ पुस १५ गते सम्म चालु तर्फ जम्मा रु. २० करोड २६ लाख ७६ हजार ९ सय ३१ रुपैयाँ ६६ पैसा अर्थात विनियोजित बजेटको ३७ दशमलव ४ प्रतिशत रहेको जानकारी गराउनु भएको थियो । त्यसै पूँजीगत तर्फ खर्च जम्मा ३ करोड २४ लाख २६ हजार एक सय २० रुपैया अर्थात विनियोजित बजेटको ६ दशमलव ४५ प्रतिशत मात्रै रहेको उपप्रमुख चौधरीले जानकारी दिनु भएको थियो ।

नगर सभामाउठेका सवाल माथि प्रष्ट पार्दै नगर प्रमुख अधिकारीले मध्यविन्दु नगरपालिकाको समग्र शिक्षा विकासलाई ध्यानमा राखेर वडा तहमा शिक्षा समिति गठन अवधारणा अनुसार ऐनमा समावेश गरिएको बताउनुभयो । वडाको शैक्षिक योजना तयार गर्ने, वडा भित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयको शैक्षिक, भौतिक तथा व्यवस्थापकीय पक्षको अनुगमन तथा मुल्यांकन गर्ने, विद्यालयमा आवश्यक जनशक्ति, भौतिक पूर्वाधार, वित्तिय अवस्थाको अध्ययन तथा विश्लेषण गरी सर्वपक्षिय बिकासको आवश्यकता पहिचान गरी सम्बन्धित निकायमा पेश गर्ने, विद्यालय व्यवस्थापनलाई आवश्यक निर्देशन दिने, जागरुक र उत्पेरणा गर्ने, वडा भित्र रहेका विद्यालयको विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक समिति गठनमा समन्वय र सहजिकरण गर्ने तथा नगरपालिका र नगर शिक्षा समितिले तोकेका अन्य कार्य गर्ने गरी समितिको गठन गरिएको बताउनुभयो ।
मध्यविन्दु नगरपालिकाले यस अगाडी प्रथम चौमासिकको प्रगति समिक्षा सहित सार्वजनिक सुनुवाई कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology