मध्यविन्दु नगरपालिकाको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेका २२ जना पक्राउ

NAWALPUR TIMES

मध्यविन्दु नगरपालिकाको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेका २२ जना पक्राउ
FB IMG 1606395498218

कावासोती । मध्यविन्दु नगरपालिकाको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेका २२ जना बुधबार पक्राउ परेका छ्न । मध्यविन्दु नगरपालिका वडा नं. ८ भागडा स्थित तिलकराम योगी थारुको घरमा जुवा (कौडा) खेलीरहेको अवस्थामा १७ जना पक्राउ परेका छ्न ।

पक्राउ पर्नेहरूमा मध्यबिन्दु न.पा. वडा नं-८ बस्ने बर्ष २८ को सुरेश महतो, बर्ष ४३ को भोगेन्द्र महतो, बर्ष ३९ को जनकलाल थारु, बर्ष ४० को मन बहादुर महतो, बर्ष ४० को बिर बहादुर महतो, बर्ष ५३ को तिलकराम योगी थारु, बर्ष ३४ को जोगेन्द्र चौधरी, बर्ष ३० को खेम प्रसाद थारु, बर्ष २९ को नारायण चौधरी, बर्ष २७ को चुडामणी महतो, बर्ष ३४ को तुल बहादुर महतो, बर्ष ३३ को खेम बहादुर महतो, बर्ष ४१ को राजु क्षेत्री, बर्ष २६ को कृष्ण महतो, बर्ष २८ को यम बहादुर चौधरी, बर्ष ४० को खेम बहादुर महतो र बर्ष २२ को अमर महतो रहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

उनीहरुको साथबाट नगद ४८,२७० र भारतिय रु. ५००।– र जुवा खेल्न प्रयोग भएको १६ थान कौडा सहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीले जनाएको छ ।

यस्तै बिहिबार नै मध्यविन्दु नगरपालिका वडा नं-१५ माथिल्लो भिउरान स्थित रहेको भिउरान होटलमा जुवातास खेलिरहेको अवस्थामा नगद १०,१०० सहित ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।- तस्बिर : जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासी

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology