मध्यविन्दु जिल्ला अस्पतालको वार्षिकोत्सबको अवसरमा बुलिङ्गटार-४ मा स्वास्थ्य शिविर

NAWALPUR TIMES

मध्यविन्दु जिल्ला अस्पतालको वार्षिकोत्सबको अवसरमा बुलिङ्गटार-४ मा स्वास्थ्य शिविर
1711203063143

शारदा झेडी, कावासोती । मध्यविन्दु जिल्ला अस्पताल नवलपुरको पाचौँ वार्षिकोत्सवको अवसरमा जिल्लाको बुलिङ्गटार गाउँपालिका वार्ड नम्बर ४ मा एकदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ

बाल रोग, स्त्रीरोग लगाएतका विभिन्न विशेषज्ञ डाक्टर सहित एक दर्जन बढी स्वास्थकर्मीहरुको सहभागितामा शिबिर आयोजना गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो। शिविरमा २ सय १९जना बिरामीको निशुल्क जाँच तथा औषधि बितरण गरिएको जनाइएको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण घिमिरेको अध्यक्षता तथा बुलिङ्टार वार्ड नम्बर ४ का वार्ड अध्यक्ष मिनबहादुर आले प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका सदस्यहरु कृष्ण बहादुर दङ्गाल,दुर्गा रिजाल, जगन्नाथ अर्याल लगायतकाको उपस्थिति रहको थियो ।

अस्पतालको पाचौं वार्षिकोत्सबको अवसरमा आईतबार अर्थात चैत्र ११ गते गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ मन्त्री महेन्द्रध्वज जिसिको प्रमुख आतिथ्यतामा अस्पताल परिसरमा वार्षिकोत्सबको कार्यक्रम आयोजना गरिएको अध्यक्ष घिमिरेले जान्कारी दिनु भयो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology