मध्यविन्दुमा फेरि बाघको आतंक

NAWALPUR TIMES

कावासोती । मध्यविन्दुमा फेरि बाघको आतंक बढेको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट निस्कुएको बाघले मध्यविन्दु-२ मा गए राती २ वटा बोका मारेको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेदबहादुर पौडेलका अनुसार मध्यविन्दु-२ मा रहेको डोलाराम थनेतको एकता एग्रो फर्ममा रहेका २ वटा बोकालाई मारेको तथा २ वटाकाई निकुञ्जबाट निस्किएको बाघले घाईते बनाएको हो ।

केही दिन पहिले यो क्षेत्रमा बाघले आतंक फैलाए पछि निकुञ्जको प्राविधिक टोलिले एउटा भाले बाघ सहित १ वटा डमरुलाई नियन्त्रण लिएर निकुञ्जमा पठाएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology