मध्यविन्दुमा गुरुङको घरदैलो अभियान

NAWALPUR TIMES

मध्यविन्दुमा गुरुङको घरदैलो अभियान
1fb7d5b39354ca831b32a6975b6083641dc8e65dd46290255f01045211d86839.0

नवलपुर । नेपाली काँग्रेसको तर्फबाट मध्यबिन्दु  नगरपालिका को मेयर पदमा उम्मेदवारी दिएका सूर्य गुरुङले  मध्यबिन्दुमा घरदैलो अभियानलाई तिब्रता दिएका  छन ।

स्थानियको घर घरमा पुगेर मध्यबिन्दु नगरपालिकालाई समृद्द नगरपािलिका बनाउने अभियानमा सरिक हुन आग्रह गरे । देशकै मध्यभागमा रहेको नगरपालिकाको चौतर्फी विकास गर्नेका लागि फेरि एक पटक नेपाली कांग्रेसको टिम लागेको बताए ।नगरको बिकास गर्ने इच्छाशक्ति हुनु पर्ने भन्दै ठुला ठुला सपना बाड्न भन्दा पुरा गर्ने सक्ने सपना मात्र आफूले मध्यबिन्दुका स्थानियलाई बाढेको बताए ।

 

नगरपालिकालाई समृद्द बनाउनका लागि मुर्त योजना रहेको बताए । नगरको भौगोलिक बनावटलाई समेत आधार बनाएर योजना रहेको हुदा नगरको आर्थिक शैक्षिक,सामाजिक,पर्यटनको बिकासमा ढुक्क हुन आग्रह गरे ।आज मध्यबिन्दु वडा नं १ र १०मा घरदैलो गर्दे मध्यबिन्दुका स्थानियहरुका मुख्य समस्याहरुलाई समाधान गर्दे अगाडी बढ्ने बताए ।घरदैलोमा महासमिती सदस्य बिष्णु कुमार कार्कीको समेत सहभागिता रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology