मध्यविन्दुमा आलु लगाउदै गरेका किसानको गैँडाको आक्रमणबाट मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८१ मंसिर ८ गते १२:१२
मध्यविन्दुमा आलु लगाउदै गरेका किसानको गैँडाको आक्रमणबाट मृत्यु
IMG 20241123 WA0001

कावासोती । गैँडाको आक्रमणबाट नवलपुरको मध्यविन्दुमा एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान मध्यविन्दु नगरपालिका वडा नं ६ भडारामा  घर नजिकै रहेको बारीमा आलु लगाउदै गरेको अवस्थामा गैँडाले आक्रमण गर्दा घटना स्थलमै ६५ वर्षीय नाथुराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसि शाह ले जानकारी दिए । मृतक थारु सहित उनका २ जना बुहारीहरु समेत बारीमा गएका र उनिहरुले भागेर ज्यान जोगाएका प्रहरीले जनाएको छ ।

उनका अनुसार गैंडाले आक्रमण गरेर थारुको पेट,टाउकोमा गम्भीर चोट लागेको र घटनास्थलमा उनको मृत्यु भएको हो ।

घटना स्थलमा अहिले प्रहरी र जनप्रतिनिधि पुगेका छ्न भने सर्जिमिन मुचुल्काको काम भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८१ मंसिर ८ गते १२:१२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI