मध्यविन्दुको बजेट : १ अर्ब २ करोड ३५ लाख ४ हजार ९ सय ६५

NAWALPUR TIMES

मध्यविन्दुको बजेट : १ अर्ब  २ करोड ३५ लाख ४ हजार ९ सय ६५
214801971 5812598912115965 3326605750870012465 n

मध्यविन्दु । मध्यविन्दु नगरपालिकाकले आगामी आ.व २०७८/७९ का लागी १ अर्व २ करोड ३५ लाख चार हजार नौ सय ६५ रुपैया बराबरको बजेट ल्याइको छ । शुक्रबार सम्पन्न नवौं नगरसभामा प्रमुख चन्द्र बहादुर रानाले प्रस्तुत गर्नु भएको १ अर्व दुई करोड ३५ लाख ४ हजार नौ सय ६५ रुपैया बराबरको वार्षिक बजेट तथा कार्यक्रम नगर सभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।

नगर सभाले शुक्रबार आर्थिक वर्ष २०७८/०७९ को लागि नगरपालिकामा चालु तर्फ ५९ करोड ३७ लाख २१ हजार रुपैयाँ र पुँजिगत तर्फ ४२ करोड ९७ लाख ८३ हजार नौ सय ६५ रुपैया बजेटपास गरेको छ ।

नगरसभाबाट पारित गरिएको बजेटमा आन्तरिक राजश्व संकलन १८ करोड ४५ लाख, राजश्व बांडफाँड तर्फ संघबाट ११ करोड ४४ लाख ४५ हजार रुपैया र प्रदेशबाट एक करोड ६ लाख ७८ हजार रुपैयाँ गरि कुल ३० करोड ९६ लाख २८ हजार रुपैया लक्ष्य राखिएको छ ।

मध्यविन्दु नगरपालिकामा यस वर्ष वडा नम्बर १५ मा सबै भन्दा बढी एक करोड पाँच लाख रुपैया बजेट विनीयोजन गरिएको छ । यस्तै १२ नम्बर वडामा ९५ लाख रुपैया, वडा नम्बर ७, १०, र १४ मा ८५÷८५ लाख रुपैयाँ विनीयोजन गरिएको छ भने बाँकी १, २, ३, ४, ५, ६, ८, ९, ११ र १३ मा ७५ लाख रुपैयाँ बजेट विनीयोजन गरिएको छ ।

मध्यविन्दु नगरपालिकाको विषयगत शाखा तथा शिर्षक तर्फ कृषि शाखामा एक करोड २० लाख रुपैयाँ, पशु शाखामा एक करोड १४ लाख १५ हजार रुपैयाँ, स्वास्थ्य शाखा तर्फ एक करोड २८ लाख ४२ हजार रुपैयाँ, शिक्षा तर्फ तिन करोड २९ लाख ५० हजार रुपैया, उपप्रमुख चेली बचाउ तथा पढाउ कार्यक्रममा १७ लाख ५० हजार रुपैयाँ, महिला बिकास तर्फ २२ लाख रुपैयाँ, बालबालिका तर्फ ४० लाख १५ हजार रुपैयाँ, अपाङ्गता तर्फ दश लाख रुपैयाँ, जेष्ठ नागरिक तर्फ पाँच लाख रुपैयाँ, आदिवासी जनजाती तर्फ १६ लाख रुपैयाँ, दलित तर्फ १५ लाख रुपैयाँ, सिमान्तकृत तथा अल्पसंख्यक समुदाय तर्फ आठ लाख रुपैयाँ, युवा लक्षित कार्यक्रममा पाँच लाख रुपैयाँ, बहुक्षेत्रीय पोषण कार्यक्रममा १२ लाख रुपैयाँ, न्यायीक समिति तथा मेलमिलापका कार्यक्रममा १३ लाख ७१ हजार रुपैयाँ, सहकारी प्रवर्धन कार्यक्रममा ११ लाख २० हजार रुपैयाँ, भूमि सम्बन्धी इकाई खर्चमा ६० लाख रुपैया, फोहर व्यवस्थापनमा ९५ लाख रुपैयाँ, मध्यविन्दु युवा स्वरोगार कार्यक्रममा एक करोड ५० लाख रुपैयाँ, समपुरक कोष नौं करोड ४५ लाख रुपैयाँ, विपद व्यवस्थापनमा ८० लाख रुपैयाँ र प्रकोप व्यवस्थापनमा ८५ लाख रुपैयाँ विनीयोजन गरिएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology