मध्यविन्दका दुई युवा लागूऔषध सहित पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २० गते १४:१३
मध्यविन्दका दुई युवा लागूऔषध सहित पक्राउ
fd6a92e1 b05c 30b3 a6a3 acad3a285cde 1560598809

कावासोती । नवलपुरमा अवैध लागूऔषध सहित दुई जना युवा पक्राउ परेका छन् ।

मध्यबिन्दु नगरपालिका-१० स्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्रोभेट ३ सय ट्याब्लेट, स्पास्मो ३ सय ९३ क्याप्सुल, डाईजेपाम १० एम्पुल, फेनरागन १० एम्पुल, नुफिन १० एम्पुल र नगद ४८ हजार ८२ रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मध्यबिन्दु नगरपालिका-१० बस्ने ३४ वर्षीय राकेश पाण्डे र सोही ठाउँ बस्ने २६ वर्षीय बिशाल पछाई रहेका छन् ।

बा.४० प ३९९३ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध तथा नगद सहित फेला पारी पक्राउ गरेको हो।

उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ जेठ २० गते १४:१३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI