मध्यवर्ती वनमा लागेको आगो राष्ट्रिय निकुञ्ज सम्म पुग्यो

NAWALPUR TIMES

मध्यवर्ती वनमा लागेको आगो राष्ट्रिय निकुञ्ज सम्म पुग्यो
20180512 105803

मुगु । रारा राष्टिय निकुन्ज अन्तरगतको मध्यवती क्षेत्रमा लागेको आगो मंगलबार रारा राष्टिय निकुन्जको वनसम्म फैलिएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं ७ पिना गाँउको माथी रहेको ऋणीमोक्क्ष मध्यवती वन उपभोत्ता समितीको सुकदह भेडी खरक भन्ने स्थानमा रहेको जंगलमा सोमबार आगलागी भएको आगो मगलबार रारा राष्टिय निकुन्जको क्षेत्रको जंगलंसम्म फैलिएको हो ।

मध्यवतीको वनक्षेत्रबाट शुरु भएको आगलागी स्थानियहरुले नियन्त्रणमा लिन सोमबार रातभरी प्रयास गरेपनि सफल नहुदा मंगबार विहान देखि उक्त आगो निकुन्ज क्षेत्रको वन जंगल क्षेत्रमा लागेको बताईएको छ ।

निकुन्जको संरक्षित वन क्षेत्रमा आगो सल्किएपछि सयौको संख्यामा रुख तथा विरुवाहरु खरानी हुदै गएको र आगो नियन्त्रका लागी स्थानिय,मध्यवती वन उपभेत्ता समिती,नेपाल प्रहरी,शसस्त्र प्रहरी,नेपाली सेना र रारा राष्टिय निकुन्जका वन रक्षकहरु खटिए पनि अझै आगो नियन्त्रणमा नआईसकेको रारा राष्टिय निकुन्ज हुटु मुगुका निर्मित निकुन्ज संरक्षण अधिकारी यज्ञ बहादुर रोकायाले जानकारी गराए ।

मंगलबार दिउसो २ बजेसम्म आगो निकुन्जको करिव २० हेक्टर वनपाखोमा फैलिएको पनि निर्मित संरक्षक अधिकारप् रोकायाले बताए । अहिले आगो केहि वन र केहि पाखोमा लागेकाले ठुलो क्षेती व्यहोनु परेको छैन यदी मंगलबार साँझसम्म नियन्त्रणमा नआई घना जंगलमा आगो प्रवेश गरे भने नियन्त्रण गर्न हम्मे हम्मे पर्नेछ ।

मध्यवर्ती वनमा कसरी आगलागी भयो त्यो आगो नियन्त्रणमा आएपछि अनुशन्धान गर्नेछौ तर अहिले आगो लाग्नुको कारण खोज्नु भन्दा नियन्त्रणमा निकुन्ज कार्यालयले ध्यान गएको निकुन्ज कार्यालयले बताएको छ ।

हिमाली जिल्लाहरुमा भेडा पालन गरिने भएकाले भेडापालकहरु भेडालाई खुवाउने घास आगलागी हुदा बर्षा सिजनमा बढी उम्रने अन्धविश्वास रहेकाले हिउदमा वनपाखामा आगो लगाउने गर्छन यहि कारण यो बेला जताततै वनमा डढेलो लागेको देख्न सकिन्छ । यहि हप्ता सदरमुकाम गमगढीको नजिक रहेका पारिवन र गयतधेउ पारीवन सामुदायिक वनहरुमा आगोलागी हुदा आगो नियन्त्रण बल्लबल्ल लिईएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology