मध्यवर्ती क्षेत्रमा पोथी गैडा मृत फेला

NAWALPUR TIMES

मध्यवर्ती क्षेत्रमा पोथी गैडा मृत फेला

६ भदौ, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एक पोथी गैँडा मृत अवस्थामा भेटिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अन्दाजी चार पाँच बर्षको पोथी गैँडा किङफिसर घाँट भन्ने ठाँउमा मृत अबस्थामा भेटिएको हो ।

निकुञ्जको नियमित गस्ती टोलीले गैँडा मृत भेटेको थियो । गैँडा घोलमा भाँसिएर मरेको हुनसक्ने निकुञ्जले जनाएको छ । थप अनुसन्धान भैरहेको निकुञ्जको भनाइ छ ।

चालू आर्थिक बर्षमा गैँडा मृत भेटिएको यो दोस्रो घटना हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology