मध्यबिन्दु नगरपालिकामा नगर स्तरीय झम्टा प्रतियोगिता सम्पन्न, पाँच पाण्डव महिला समुह प्रथम

NAWALPUR TIMES

मध्यबिन्दु नगरपालिकामा नगर स्तरीय झम्टा प्रतियोगिता सम्पन्न, पाँच पाण्डव महिला समुह प्रथम
IMG 20240924 WA0024

काशिराम महतो, कावासोति । थारु महिलाहरुको महान पर्व जितियको अवसरमा मध्यबिन्दुमा आयोजित नगर स्तरीय झम्टा कार्यक्रम सोमबार सम्पन्न भएको छ । “स्वास्थ्य , सरसफाइ मानवमुल्ययुक्त खुसी शिक्षा महिला सशक्तीकरण र समाज रुपान्तरणको अपेक्षा ” को मुल भावमा बनेको गितमा ३९ महिला समूहले आफ्नो प्रस्तुति दिएका थिए।


प्रतियोगितामा पाँच पाण्डव महिला समुह ,मध्यबिन्दु -४ मदनपुर प्रथम, जन सुधार महिला समुह मध्यविन्दु-२ दोस्रो र जन जागृती महिला समुह ,मध्यबिन्दु-४ लुसलहरी तेस्रो भएका छन । प्रथमले १५००० नगद र प्रमाणपत्र , दोस्रो हुने समुहले नगद १२००० र प्रमाणपत्र र तेस्रो हुने समुहले नगद ९५०० र प्रमाणपत्र प्राप्त गरेका छ्न भने नवनिर्मित आमा समुह, मध्यविन्दु-४ पनौतीले सान्त्वना पुरस्कार र उत्कृष्ट शब्द संयोजन तर्फ बिचली महिला समुह लेढा पुरस्कृत भएका थिए ।

मध्यबिन्दु नगरपालिकाकि उप प्रमुख पुर्णकला चौधरीको अध्यक्षतामा, नगर प्रमुख भिमलाल अधिकारी प्रमुखको आतिथ्यता सम्पन्न प्रतियोगितामा प्रशासकीय अधिकृत रमेश घर्ती, नगर भित्रका वडा अध्यक्षहरु, नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology