मध्यबिन्दु क्याम्पसमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

NAWALPUR TIMES

मध्यबिन्दु क्याम्पसमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
received 610682813436628

नारायण प्रभु
फागुन-२० नवलपुर
मध्यबिन्दु बहुमुखी क्याम्पसमा बक्तृत्वकला प्रतियोगिता भएको सम्पन्न भएको छ। मध्यबिन्दु पुर्व बिद्यार्थी समाज नवलपुरले आयोजना गरेको अन्तर विद्यालय खुल्ला मा.वि. स्तरिय बक्तृत्वकला प्रतियोगितामा ‘शैक्षिक क्षेत्र सुधारका लागि युवा नेतृत्वको भुमिका’ बिषयक शीर्षक रहेको थियो।क्याम्पसको १६ औं वार्षिकोत्सबको पुर्व सन्ध्यामा आयोजना गरिएको प्रतियोगितामा नवलपुर जिल्ला भित्रका सामुदायिक तथा संस्थागत गरि १७ बिद्यालयको सहभागिता रहेको थियो। जसमा नेपाल मा.बि. केउरेनीका रसिक गौतम प्रथम, नवलपुर एकेडेमी डण्डाका एन्जोलिना गिरि द्वितीय, भिमसेन आदर्श मा.बि. देवचुलीका ओमन बि.क. तृतीय र जनज्योति मा.वि.प्रगतिनगरका पुजा पराजुलीले सान्त्वना स्थान हासिल गरेका छन।
कार्यक्रम क्याम्पस प्रमुख मुक्तिराम पाण्डेको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष भेषराज गाहाको अध्यक्षतामा भएको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology