मतदान स्थल रहेको विद्यालयमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा

NAWALPUR TIMES

मतदान स्थल रहेको विद्यालयमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा
ministry of home affairs

सरकारले मतदान स्थल रहेका विद्यालयहरूमा मंसिर २ देखि ५ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति जारी गर्दै मतदान स्थल रहेका विद्यालयहरू चार दिन बिदा दिने निर्णय भएको उल्लेख गरेका छन्।

गृह मन्त्रालयका अनुसार अन्य क्षेत्रमा भने चुनावका लागि २ दिन बिदा दिइएको छ। सार्वजनिक तथा सरकारी कार्यालयहरूमा मंसिर ४ र ५ गते बिदा दिने निर्णय भएको उनले जानकारी दिए।

मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology