मतदाता नामावली दर्ता अभियान : अब आफू बसिरहेकै ठाउँबाट यसरी भर्न सकिन्छ

NAWALPUR TIMES

मतदाता नामावली दर्ता अभियान : अब आफू बसिरहेकै ठाउँबाट यसरी भर्न सकिन्छ
matadata parichaya patra
काठमाडाैं – यही मंसिर १७ गते शुक्रबार (भाेलि) देखि अहिले आफू बसिरहेकै ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने भएकाे छ।निर्वाचन आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयमा गएर नाम दर्ता गर्न सकिने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए। अहिले आयोगले आफ्नो नागरिकतामा कायम जिल्ला वा बसाइसराइँ गरेर आएको जिल्लाबाट मात्रै नामावली सङ्कलन गरिरहेको छ। आयोगले सबै पालिकास्तरमा पनि टोली पठाएर मतादाता नामावली सङ्कलन गर्ने भएको छ। निर्वाचन पर्यवेक्षण समिति नेपालले काठमाण्डौमा आयोजना गरेको अन्तरक्रियामा प्रमुख आयुक्त थपलियाले मतदाता नामावली सङ्कलनको अभियान सुरु हुन लागेको भन्दै १६ वर्ष पूरा भएका सबैले नाम दर्ता गराउन आग्रह गरे। यसैबीच आयोगले अब हुने चुनावमा उम्मेदवारी दर्ता गर्दा उम्मेदवारको सम्पत्ति विवरण पनि लिने कानुन बनाएको छ। उम्मेदवारी दर्ता गर्दा सम्पत्ति विवरण बुझाउनुपर्ने र त्यसपछि निर्वाचन सम्पन्न हुने समयसम्म हरेक सात दिनमा आम्दानी खर्च सार्वजनिक गर्नुपर्ने नियम बनाएको प्रमुख आयुक्त थपलियाले बताए।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology