मंसिर २९ मा कविता महोत्सव

NAWALPUR TIMES

मंसिर २९ मा कविता महोत्सव
1605940275623

काठमाडाैं। नेपाल प्रज्ञा-प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मंसिर २९ गते काठमाडौंमा आयोजना गर्ने भएको छ।

 

प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड-१९ का  कारण स्थगन गरिएको थियो।

 

प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले अब भौतिक दूरी कायम गरी महोत्सव आयोजनाका लागि नयाँ मिति तय गरिएको बताए।

 

प्रतिष्ठानले २०२२ देखि महोत्सव आयोजना गर्दै आएको छ। यसअघि २०७२ मा गोरखा भूकम्प जाँदा कविता महोत्सव स्थगित भएको थियो।

 

प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ।

 

सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायका अनुसार प्रथमलाई ५० हजार, द्वितीयलाई ४० हजार र तृतीय तीनजनालाई जनही ३० हजार रूपैयाँ नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ। रासस

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology