मंगलबार कावासोती र हुप्सेकोटका केही क्षेत्रमा विद्युत अवरुद्ध हुने

NAWALPUR TIMES

मंगलबार कावासोती र हुप्सेकोटका केही क्षेत्रमा विद्युत अवरुद्ध हुने
Bidhyut

प्रेम न्यौपाने/कावासोती                                मंगलबार कावासोती नगरपालिका क्षेत्रका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रको ११ केभी कावासोती फिडरबाट वितरण भएको क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने कावासोती वितरण केन्द्रले जनाएको छ । सो फिडरको राइट अफ वे मा रहेका रुखका हाँगाबिँगा काट्ने कार्यका लागि विद्युत सेवा अवरुद्ध गर्नुपरेको वितरण केन्द्रद्वारा जारी सुचनामा जनाइएको छ । प्राधिकरणको कावासोती फिडर अन्तर्गत कावासोती नगरपालिकाका वडा नं १ ,२ र ६ का विभिन्न स्थान र हुप्सेकोट गाउँपालिकाको वडा नं ४ का विभिन्न स्थानमा असोज १३ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणका कर्मचारी लालहरि उपाध्यायले बताउनुभयो । साथै समयमै काम सम्पन्न भएमा तोकिएको समय भन्दा पहिले नै विद्युत सुचारु हुन सक्ने समेत उपाध्यायले बताउनुभयो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology