भ्रामक सूचना फैलाए कारबाही गर्छौँ : नेपाल टेलिकम

NAWALPUR TIMES

भ्रामक सूचना फैलाए कारबाही गर्छौँ : नेपाल टेलिकम
telecome

काठमाडौँ नेपाल टेलिकमले आफ्नो ‘लोगो’ प्रयोग गरी चिट्ठा परेको भनेर तथा भ्रामक सूचना सम्प्रेषण गरेकोमा आपत्ति जनाएको छ । अनाधिकृत पेजमार्फत भ्रामक सूचना फैलाइएकाले टेलिकमको ध्यानाकर्षण भएको जनाएको छ ।

गैरकानूनी गतिविधिमा संलग्न पाइएमा छानबिन गरी दोषी देखिएमा कानूनबमोजिम कडा कारबाही गर्ने टेलिकमले बताएको छ ।

नेपाल टेलिकमले भनेको छ,’  नेपाल टेलिकमको आधिकारीक वेभसाइट तथा सामाजिक सञ्जालका भेरिफाई अकाउण्टहरूबाट मात्र आवश्यक जानकारी/ सूचनाहरू लिनु हुन तथा अनाधिकृत सञ्जालमा आफ्ना कुनै विवरण, सूचना उपलब्ध नगराउन हुन समस्त ग्राहकवर्गहरूमा अनुरोध गरिन्छ ।’

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology