भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन, फायर खोल्नुपर्छ : विश्वप्रकाश शर्मा

NAWALPUR TIMES

कावासोती । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सरकारले भ्रष्टाचारविरुद्ध फाइल मात्रै नभई फायर खोल्नुपर्ने टिप्पणी गरेका छन्।

मंगलबार प्रतिनिधिसभामा विनियोजित बजेट २०८० को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोल्ने मात्रै नभई निष्कर्षमा पुर्‍याउनुपर्ने बताए। ‘भुटानी शरणार्थी सन्दर्भको जुन फाइल खोलिएको छ यसलाई सरकारले निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने कुरा अपिल गर्न चाहन्छु। भ्रष्टाचारका विरुद्ध फाइल मात्रै होइन, मलाई लाग्छ राज्यले फायर खोल्नुपर्छ। सँगै निर्दोष कोही फस्नुहुन्न । दोषी कोही बच्नु पनि हुन्न,’ उनले भने ।

महामन्त्री शर्माले सरकारले ल्याएको भ्रष्टाचार नियन्त्रण ऐन, २०५९ को संशोधनमा  भ्रष्टाचारको छानबिन गर्न पाँच वर्षको हदम्यादको प्रस्ताव शून्य सहनशीलताको नीतिसँग विरोधाभाषपूर्ण हुने बताए। भ्रष्टाचारका विषयमा किन्तु, परन्तु नगरी छानबिनमा राज्यले कठोरतापूर्वक जानुपर्नेमा उनको जोड थियो।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology