भ्याक्सिन बनेपनि कोरोना भाइरस समाप्त हुन कठिन

NAWALPUR TIMES

भ्याक्सिन बनेपनि कोरोना भाइरस समाप्त हुन कठिन
Corona lab2020 03 17 12 41 06

१७ जेठ। कोरोना भाइरसमाथि नियन्त्रण पाउनका लागि पूरै विश्व लागिपरेको छ । कयौँ देशका वैज्ञानिकहरु भाइरसको भ्याक्सिन बनाउनमा जुटेका छन्, तर यसैबीच वैज्ञानिकहरुका तर्फबाट एउटा रिपोर्ट आएको छ, जसले मानिसहरुलाई झनै सोच्न बाध्य बनाएको छ ।

वैज्ञानिकहरुका अनुसार, भ्याक्सिन बनेपनि कोरोना भाइरस समाप्त नहुन पनि सक्ने बताइएको छ ।

वाशिंगटन पोस्टमा प्रकाशित रिपोर्टका अनुसार, महामारी रोगका बीच कोभिड–१९ लामो समयसम्म कायम रहनु अमेरिकाको आगामी चरणको महामारीको अनुसन्धानका लागि महत्वपूर्ण हुने विशेषज्ञहरुले बताएका छन् ।

विशेषज्ञहरुका अनुसार, समग्र अनिश्चितताका बीच कोरोना भाइरस केही चीजमा बाँचिरहने छ, जसलाई हामी भविष्यमा गन्न पनि सक्नेछौँ ।

शिकागो विश्वविद्यालयमा विकासवादी जीवनविज्ञानी र महामारी विशेषज्ञ सारा कोबेले भनिन्, यो भाइरस यहाँ लामो समयसम्म रहनेछ । अब प्रश्न यो छ कि, हामी योसँग कसरी सुरक्षित रहन सक्नेछौँ । उनका अनुसार, यस महामारीसँग लड्नका लागि लगातार प्रयास र राजनीतिक इच्छाशक्तिको आवश्यकता रहेको छ । मेरोलागानी File photo

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology