भ्याक्सिन निर्माता एस्ट्राजेनेकाले अन्तिम चरण परीक्षण रोक्यो

NAWALPUR TIMES

भ्याक्सिन निर्माता एस्ट्राजेनेकाले अन्तिम चरण परीक्षण रोक्यो
1599658796.AstraZeneca

काठमाडौं। मानिसहरु कोरोनाविरुद्ध भ्याक्सिनको प्रतीक्षामा रहिरहेका बखत सबैभन्दा विश्वास गरिएको अमेरिकी कम्पनी एस्ट्राजेनेकाले चिन्ताजनक खबर बाहिर ल्याएको छ। कम्पनीले भ्याक्सिनको अन्तिम चरणको ट्रायल स्थगित गरिदिएको छ।

 

भ्याक्सिनको ट्रायल गर्दा मानव परीक्षणमा सामेल एक भोलिन्टियर बिरामी परेपछि तेस्रो चरणको ट्रायल स्थगित गरिएको हो।

 

एस्ट्राजेनेकाले विज्ञप्ति जारी गर्दै तालिकाबद्ध कार्य रोकिएको र परीक्षणमा सामेल व्यक्ति नराम्ररी बिरामी परेको बताएको छ, तर थप कुरा खोलेको छैन। ती व्यक्ति बिरामी पर्नुको कारण पत्ता लगाएपछि मात्रै परीक्षण अघि बढ्ने कम्पनीले बताएको छ।

 

एक समाचारअनुसार परीक्षणका क्रममा ती व्यक्तिमा नतिजा प्रतिकूल देखिएपछि भ्याक्सिनको अन्तिम ट्रायल रोकिएको हो। एस्ट्राजेनेका अक्सफोर्ड विश्व विद्यालयसँग मिलेर भ्याक्सिन निर्माणमा लागेको कम्पनी हो। यो कम्पनी कोभिड-१९ विरुद्ध खोप निर्माणमा चलिरहेको दौडमा सबैभन्दा अघि रहेको बताइन्छ।

 

उता, रुस र चीनले भने आफूद्वारा विकसित भ्याक्सिन मानव परीक्षणमा सफल रहेको बताउँदै आएका छन्। तिनलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिइसकेको छैन। भ्याक्सिन निर्माणको दौडमा अहिले एस्ट्राजेनेकाका साथै जोन्सन एन्ड जोन्सन, मर्क एन्ड कम्पनी, मोडर्ना इन्क, नोभाभ्याक्स इंक, सनोफी, फिजर, ग्लाक्सोस्मिथक्लिन, बायोनेटलगायत रहेका छन्।
(एजेन्सी)

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology