भैंसी को दूध खाएर हुर्किएकी पुष्पालाई घाँस खान सक्ने भए पछि निकुञ्जको जंगलमा छोडिदै

NAWALPUR TIMES

भैंसी को दूध खाएर हुर्किएकी पुष्पालाई घाँस खान सक्ने भए पछि निकुञ्जको जंगलमा  छोडिदै
gaida 1

चितवन, २२ मंसिर । पछिल्लो समय चितवन राष्ट्रिय निुकञ्जलाई एक सिङ्गे गैडा संरक्षणमा चुनौती थपिएको छ । यसरि गैडा जोगाउन मुस्किल भइरहेको बेला सौराहा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा भैँसीको दुध खुवाएर पुष्पा नाम गरेकी गैंडाको बच्चालाई हुर्काइएको छ ।

एक वर्ष पहिले चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा अलपत्र परेको उत्त गैडाको बच्चालाई उद्धार गरेर हुर्काउन थालिएको हो । ११ महिनाको अवधिमा पुष्पा नाम गरेकी उत्त गैंडाको बच्चा अहिले घाँस खानसक्ने भएसँगै जंगलमा छाड्ने तयारी गरिँदै छ ।

 

निकुञ्ज र मध्यवर्ती जंगलमा आफ्नो आमासँग खेल्नु र चर्नुपर्ने बेलामा पुष्पा भने लालबहादुर महतरासँग रमाएकी छिन् । लालबहादुरले पुष्पालाई सानैदेखि रेखदेख गर्दै र दूध पिलाउँदै आएका छन् ।

गैडाको बच्चा कसरी हुर्काउने भन्ने थाहा नभका लालबहादुर अहिले पुष्पालाई जंगल छाड्न पर्दा भने दुखि देखिन्छन् । आफ्ना बलबच्चा झैं माया दिएर पालनपोषण गरेका उनले जंगलमा छाडेपनि आँफु रेखदेख गर्न पुग्ने बताउछन् ।

पुष्पाले जन्मेबाटै जंगलको अनुभव गर्न पाएकी छैनन् । खुल्ला आकासमा दुध खाएर हुर्केकी पुष्पालाई सुरुमै खुला जंगलमा नभइ अर्नाका लागि बनाइएको खुला खोरमा छोड्ने तयारी गरिएको छ ।

तत्कालै जंगल लगेर छाड्दा अन्य जनावरको डर हुने भएकोले पहिला निकुञ्ज भित्रको अर्नाका लागि तयार पारिएको ‘इन्क्लोजर’ (तारबारगरी निश्चित क्षेत्र छुट्टाइएको ठाउँ) मा लगेर राखिने र जङ्गलकै प्रकृतिमा रमाउने सक्ने भएपछि जङ्गल लगेर छाडिने राष्ट्रिय प्राकृतीक संरक्षण कोषका प्रमुख डा. बाबुराम लामिछानेले जानकारी दिनुभयाे ।

राष्ट्रिय प्राकृतीक संरक्षण कोषले पुष्पासहित हालसम्म २५ ओटा टुहुरा गैंडाको बच्चा र गत आर्थिक वर्षमा मात्रै १४ ओटा चितुवालाई उद्धार तथा नियन्त्रणमा लिइसकेको छ ।

नेपालका अन्य क्षेत्रमा पनि समस्यामा रहेका र समस्या दिने वन्यजन्तु नियन्त्रण गर्न एउटा तालिमप्राप्त, दक्ष र सुविधासहितको विज्ञ टोली नै छ । पुष्पालाई पनि भेटेरिनरी डाक्टर, वन्यजन्तु प्राविधिकसहितको सहयोगमा हुर्काइएको हो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology