प्रकाश भण्डारी। काठमाडौँमा भेरोसेलको पहिलो डोज लगाई दोस्रो डोज लगाउन छुट्नुभएका नगरवासीहरूलाई गैँडाकोटको स्वास्थ्य शाखाले खोप उपलब्ध गराउने भएको छ।
निषेधाज्ञा लागु भएका कारण र संक्रमण दर उच्च रहेसँगै काठमाडौँ जान नपाई दोस्रो डोजको भेरोसेल खोप लगाउन छुटेका नगरवासीहरूको सहजताका लागि स्वास्थ्य शाखाबाट खोप उपलब्ध गराईने गैँडाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले बताउनुभयो।
काठमाण्डौ गएर पहिलो डोज लगाउनुभएका व्यक्तिहरुले पहिलो खोप लगाएको कार्ड सहित दोस्रो डोजको खोप लगाउनका लागी गैंडाकोट नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गरि २ दिनभित्र नाम टिपाउन सक्ने उहाँले बताउनुभयो। आफ्नो नाम, उमेर, ठेगाना, पहिलो मात्रा लगाएको मिति तथा सम्पर्क नम्बर सहित सिधै स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलको नम्वर ९८५६०४५९३३ मा सम्पर्क गर्न सकिने छ।
Facebook Comment