कावासोती । भु.पु विद्यार्थी मन्चको पहलमा पिठौली आधारभुत विद्यालयलाई ३ लाख ७० हजार बराबरको आईसिटी सामाग्री सोमबार विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
भु.पु विद्यार्थी मन्चको सक्रियतामा चन्दा सहयोग संकलन गरि ५ थान डेस्कटप कम्प्युटर, १ थान ल्यापटप र १ थान प्रोजेक्टर एक कार्यक्रमका बीच विद्यालयलाई हस्तान्तरण गरिएको पिठौली आधारभुत विद्यालयका पूर्व विद्यार्थी निराजन राज शर्माले बताए ।
शर्माका अनुसार दोस्रो चरणमा विद्यालयमा सुविधा युक्त खानेपानी फिल्टर जडान, सिसि क्यामेरा र स्मार्ट टिभी जडान र विद्यालयको प्रवेश द्वार निमार्ण गरिने छ ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रीतादेवी थनेतको अध्यक्षता एवं समाजसेवी व्यक्तित्व तारानाथ लामिछानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित : २०७८ पुष १३ गते १०:३८
Facebook Comment