भीमसेन स्वर्ण महोत्सव : अभिभावक, शिक्षक एवम् विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न।

NAWALPUR TIMES

भीमसेन  स्वर्ण महोत्सव : अभिभावक, शिक्षक एवम् विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न।
received 636010460477310

होमनाथ पौडेल/०८ माघ देवचुली


भीमसेन आदर्श माध्यमिक विद्यलय देवचुली-७, रामबासको स्वर्ण महोत्सवको अवसरमा आज बुधबार अभिभावक, शिक्षक एवम् विद्यार्थी सम्मान कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ। गण्डकी प्रदेशका प्रदेश सांसद रोशन बहादुर गाहा मगरको प्रमुख आतिथ्यता एवं स्वर्ण महोत्सव समारोह समिति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथीरुपमा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वती तिवारी, देवचुली नगरपालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद शर्मा रहनुभएको थियो। देवचुली नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, भुपु प्रधानाध्यापक लगाएतका अतिथीहरु रहनुभएको उक्त कार्यक्रममा स्थानीय समाजसेवी, वुद्धिजिवी तथा अभिभावकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो।

भीमसेन स्वर्ण महोत्सव : अभिभावक, शिक्षक एवम् विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न। 5

कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी गाहाले भीमसेन आदर्श मावि गण्डकी प्रदेशकै लागि एक गौरवको विषय भएकोमा खुशी लागेको वताउनुभएको थियो। “भीमसेन आदर्श मावि गण्डकी प्रदेशकै एक नमुना विद्यालय हो। विद्यालयले अहिले स्वर्ण महोत्सव मनाउदै गर्दा निकै खुशी छु। विद्यालयलाई प्रदेश सरकारको तर्फबाट हरेक किसिमका साथ र सहयोग रहनेछन्”, उहाँले भन्नुभयो।

भीमसेन स्वर्ण महोत्सव : अभिभावक, शिक्षक एवम् विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न। 6


कार्यक्रममा विद्यालयलाई प्रोजेक्टर सहयोग गर्नुभएका व्यक्तित्व, विभिन्न अक्षयकोषका प्रधान संरक्षक तथा संरक्षक, २०६६ साल देखि अहिलेसम्मका प्रवेशिका परिक्षामा सर्वोत्कृष्ट स्थान हाँसिल गरेका गोल्ड मेडलिस्ट विद्यार्थी तथा ती विद्यार्थीका अभिभावक, पि एच डि गरेका भीमसेनका पूर्वविद्यार्थी, भुतपुर्व विव्यस तथा शिक्षक अभिभावक संघका पदाधिकारी, पूर्व शिक्षकरु, हाल अध्यापनरत उत्कृष्ट शिक्षक तथा कर्मचारी आदिलाई सम्मान गरिएको थियो।

भीमसेन स्वर्ण महोत्सव : अभिभावक, शिक्षक एवम् विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न। 7


भीमसेन आदर्श माविको स्वर्ण महोत्सव माघ १० गते पुर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।

भीमसेन स्वर्ण महोत्सव : अभिभावक, शिक्षक एवम् विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न। 8

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology