भीमसेन आदर्श माविको स्वर्ण महोत्सवमा आज अन्तरक्रिया सहित विविध कार्यक्रम सम्पन्न

NAWALPUR TIMES

भीमसेन आदर्श माविको स्वर्ण महोत्सवमा आज अन्तरक्रिया  सहित विविध कार्यक्रम सम्पन्न
20200109 171401 1

होमनाथ पौडेल/२९पौष, देवचुली
भीमसेन आदर्श माध्यमिक विद्यालय देवचुली -७ रामवासमा स्वर्ण महोत्सवको अवसरमा आज मंगलबार गण्डकी प्रदेशका प्रदेश सभा सदस्य एवं नेकपा नवलपुरका अध्यक्ष रोशन बहादुर गाहा मगरको उपस्थितिमा स्वर्ण महोत्सव तयारीबारे छलफल तथा अन्तरक्रिया समेत सम्पन्न भएको छ। त्यसै गरि आज नै नगरस्तरीय अन्तरविद्यालय शिक्षक भलिबल, अन्तर आमासमुह गाउँखाने कथा, विद्यार्थी बिच हाजिरीजवाफ प्रतियोगिता , आन्तरिक खेलकुद लगाएतका कार्यक्रम सम्पन्न गरेको छ। भलिबल तर्फ आज भएको फाइनल खेलमा नेपाल राष्ट्रिय शारदा आधारभुत विद्यालय देवचुली-६ ले भीमसेन आदर्श मावि लाई पराजित गर्दै उपाधी जितेको छ । आज नै सम्पन्न अन्तर आमा समुह गाउँखाने कथामा जनज्योति आमा समुह , देवचुली-१४ प्रथम, नारी विकास आमा समुह देवचुली-११ द्वितीय र लक्ष्मी आमा समुह देवचुली-१२ तृतीय हुन सफल भएका छन्।
भीमसेन आदर्श माविको स्वर्ण महोत्सव माघ १० गते पुर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology