भीमसेन आदर्श माविको स्वर्ण महोत्सव : नगर स्तरीय शिक्षक भलिबल सहित विविध कार्यक्रम सम्पन्न

NAWALPUR TIMES

भीमसेन आदर्श माविको स्वर्ण महोत्सव : नगर स्तरीय शिक्षक भलिबल सहित  विविध कार्यक्रम सम्पन्न
20200109 171401 1

होमनाथ पौडेल/देवचुली ,२८ पौष
भीमसेन आदर्श माध्यमिक विद्यालय देवचुली -७ रामबासले स्वर्ण महोत्सवको अवसरमा आज सोमबार नगरस्तरीय शिक्षक भलिबल, विद्यार्थी खेलकुद, वक्तृत्त्वकला लगाएतका कार्यक्रम सम्पन्न गरेको छ।

भीमसेन आदर्श माविको स्वर्ण महोत्सव : नगर स्तरीय शिक्षक भलिबल सहित विविध कार्यक्रम सम्पन्न 2

नेपाल राष्ट्रिय शारदा आधारभुत विद्यालय देवचुली-६ र पृथ्वी मावि देवचुली-१० बिचको नगरस्तरीय शिक्षक भलिबल खेलको पहिलो सेमिफाइनलमा नेपाल राष्ट्रिय शारदा आधारभुत विद्यालय देवचुली-६ विजयी भई फाइनलमा प्रवेश गर्न सफल भएको छ भने अर्को सेमिफाइनल खेल भीमसेन मा.बि र कालिका मा.बि बिच भोलि हुने बताईएको छ । त्यस्तै आन्तरिक खेलकुदतर्फ कबड्डी, भलिबल, क्रिकेट, फूटबल लगाएतका खेल सम्पन्न भएका छन् भने आज नै विभिन्न शिर्षकमा विद्यार्थी वक्तृत्त्वकला कार्यक्रम सम्पन्न भएको छ। त्यसैगरी भोलि नगरस्तरीय शिक्षक भलिबलका सेमिफाइनल र फाइनल खेल, अन्तरआमासमुह गाउँखाने कथा, शिक्षक र अभिभावक बिच फूटबल लगाएतका कार्यक्रम हुने विद्यालयले जानकारी दिएको छ।


भीमसेन आदर्श माविको स्वर्ण महोत्सव माघ १० गते पुर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology