भाेलिदेखि शिक्षक, चालक र ५५ वर्षमाथिकालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै

NAWALPUR TIMES

भाेलिदेखि शिक्षक, चालक र ५५ वर्षमाथिकालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै
verocell 601623163550 1

काठमाडौं – सरकारले कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा मंगलबार (भाेलि) देखि लगाउँदैछ। ५५ वर्ष र सो माथिका उमेर समूहलाई भेरोसेलको पहिलो मात्रा लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

भेरोसेल खोपको पहिलो मात्रा पाउनेमा विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकहरु रहेका छन्।

यस्तै, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकहरुले पनि भेरोसेल खोपको पहिलो मात्रा पाउने मन्त्रालयले जनाएको छ।

नेपालले चीनसँग नन् डिस्कोलजर एग्रिमेन्ट अनुसार खरीद गरिएको ४० लाख खोप अन्तर्गत असार २४ गते पहिलो चरणमा ८ लाख डोज खोप आएको छ।

यो खोप अभियान हाल तीन वटा प्रदेशमा मात्र सञ्चालन हुनेछ। परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा मात्र भेरोसेल खोप लगाइने जानकारी दिए।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology