भारी वर्षाका कारण मुग्लिन नजिकको पहिरो फाल्न समस्या, गएरातिदेखि यात्रुहरू अलपत्र

NAWALPUR TIMES

भारी वर्षाका कारण मुग्लिन नजिकको पहिरो फाल्न समस्या, गएरातिदेखि यात्रुहरू अलपत्र
Panch Kilo landslide Narayangadh Muglin road section 02.jpg.800x630 q70 crop

नवलपुर । पृथ्वी राजमार्गको मुग्लिननजिक पहिरो खस्दा सवारी साधनहरू अलपत्र परेका छन् ।

बुधवार राति आएको अविरल वर्षाका कारण पहिरो खस्दा सवारी आवागमन ठप्प भएको इलाका प्रहरी कार्यालय मुग्लिनका इन्स्पेक्टर सुनदिप तामाङले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार इच्छाकामना गाउँपालिका–४ स्थित नाग्दी खोलामा पहिरो खसेको छ ।

राति साढे ११ बजे आसपासमा खसेको पहिरो ठूलो वर्षा भएपछि बिहीवार बिहान साढे ६ बजेपछि मात्रै पन्छाउन शुरू गरिएको थियो ।

अविरल वर्षासँगै पहिरो खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउन सकिएको थिएन ।

बिहीवार बिहान करिब ९ः ४० पछि भने वर्षा केही कम भएको र पहिरो पन्छाउने क्रम शुरू गरिएको इन्स्पेक्टर तामाङले जानकारी दिए ।

उनले भने,‘बिहान ठूलो पानी परेपछि पहिरो पन्छाउन सकिएन । अहिले शुरू गरिएको छ । रातिदेखि यात्रुहरू अलपत्र छन् ।’

उनका अनुसार अब पानी ठूलो नपरेमा एक घन्टाभित्रमा पहिरो पन्छाएर एकतर्फी सवारी साधन चलाउन सकिनेछ ।

पहिरो गएको यो ठाउँ मुग्लिन र मनकामना केबुलकारको बीचमा पर्दछ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology