भारत–पाकबीच ७० वर्षदेखिको दुस्मनी भिडन्त ‘क्रिकेट युद्ध’, यस्तो थियो पहिलो सिरिज

NAWALPUR TIMES

भारत–पाकबीच ७० वर्षदेखिको दुस्मनी भिडन्त ‘क्रिकेट युद्ध’, यस्तो थियो पहिलो सिरिज
984bf2c4 adc9 11eb b9f2 94e9efdb5fe8 1620236857005

काठमाडौं । आईसीसी टी–२० क्रिकेटमा आइतबार भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ । सुपर १२ को पहिलो भिडन्तमा दुवै टिम आमने सामने हुन लागेका हुन् । खेल यूएईको दुबई मैदानमा बेलुकी ७ः४५ बजेदेखि शुरु हुनेछ ।

खेल क्रिकेट भए पनि भारत र पाकिस्तानबीच खेलमा मात्र सीमित हुँदैन । त्यहाँ राष्ट्रवाद नै लुकेको हुन्छ । हुनत हरेक देशबीचको खेलमा राष्ट्रवाद लुकेको हुन्छ । तर भारत र पाकिस्तानबीच खेल नभई हरेक पटक प्रतिष्ठा लुकेको हुन्छ । खेलाडीहरु दिलो ज्यान लगाएका खेलेका हुन्छन् ।

पछिल्लो ७० वर्षदेखि दुवै देशबीच आपसी भिडन्त जारी छ । त्यो भिडन्त चाहे बाहिर होस् वा क्रिकेट मैदानमा । सन् १९४७ मा भारत विभाजन भयो । जसबाट पाकिस्तान नयाँ राष्ट्र जन्मियो ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले पाकिस्तानलाई सन् १९५२ मा मान्यता दियो । मान्यता पाउना साथ पाकिस्तानले भारत भ्रमण गर्ने फैसला लियो ।

पाकिस्तान ५ टेष्ट क्रिकेट खेल्न भारत आएको थियो । पहिलो खेलमा भारत एक इनिङ्स र ७० रनले जित्यो । अर्थात् भारतले ३७२ रन बनायो । पाकिस्तानले दुवै इनिङ्समा गरेर ३०२ रन बनायो ।

दोस्रो खेल लखनउमा भयो । पाकिस्तानले एक इनिङ्स र ४३ रनले खेल जित्यो ।

तेस्रो टेष्ट मुम्बई (तत्कालीन बम्बे) मा भयो । भारतले उक्त खेल जित्यो ।

बाँकी रहेका दुई खेल बराबरीमा सकिए । दर्शकको दबाबका कारण दुवै टिम ‘डिफेन्सिभ’ खेलेका कारण परिणाम आएन ।

त्यसउप्रान्त दुई देशबीचको क्रिकेट राजनीति जारी छ । दुवै देशले कुनै पनि विश्वकपमा खेलेनन् भने सम्भवतः जति रौनक हुनुपर्ने हो त्यति हुँदैन होला ।

टी–२० विश्वकपमा भारत र पाकिस्तानले एक एक पटक विश्वकप जितेका छन् । भारतले सन् २००७ को पहिलो विश्वकप जितेको थियो भने त्यस लगत्तै सन् २००९ को विश्वकप पाकिस्तानले जित्यो ।

सन् २०१० को विश्वकप इङ्गल्याण्डले, सन् २०१२ को वेष्ट इन्डिजले, सन् २०१४ को श्रीलंकाले र सन् २०१६ को विश्वकप वेष्ट इन्डिजले जित्यो ।

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology