भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

NAWALPUR TIMES

भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन
Pranab Mukherjee PTI 0

काठमाडौं । भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी सोमबार निधन भएको छ। नयाँ दिल्लीस्थित आर्मी अस्पतालमा उनको निधन भएको हो।

मुखर्जीका छोरा अभिजित मुखर्जीले पिताको निधनको जानकारी ट्वीट गरेर दिएका हुन्। कोरोनाका कारण निधन भएका मुखर्जी ८४ बर्षका थिए । नरेन्द्र मोदी सरकारले उनलाई भारत रत्नबाट सम्मानित गरेको थियो।

मुखर्जी भारतको १३औं राष्ट्रपति थिए। राष्ट्रपति हुनुअघी उनी भारतीय कांग्रेस पार्टीका तर्फबाट अर्थमन्त्री लगायत अन्य मन्त्रालयमा पनि नेतृत्व गरेका थिए।

केहि दिनदेखि ‘डिप कोमा’ मा रहेको उनको उपचार भारतीय सैनिक अस्पतालले भइरहेको थियो । उनलाई नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरको सहायताले डिप कोमामा नै राखेर उपचार गर्दै आएको थियो।

पूर्व राष्ट्रपति मुखर्जी अगष्ट १० मा सो अस्पतालमा भर्ना भएका थिए। उनको मस्तिष्कको शल्यक्रिया पनि सोही अस्पतालमा नै गरिएको थियो । त्यसपछि भने उनलाई कोरोना भाइरसको संक्रमण देखिएको समाचारमा जनाइएको थियो ।

नेपालको राजनीतिक उतारचढावमा पनि उनको भूमिका रहेको थियो। नेपालको उनी एक असल मित्रको रुपमा देखिएका थिए।-एजेन्सी ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology