भारतीय एसएसबीद्वारा सुस्तामा ड्रोनबाट सीमा अनुगमन

NAWALPUR TIMES

भारतीय एसएसबीद्वारा सुस्तामा ड्रोनबाट सीमा अनुगमन
thumb

नेपाली भूभागमा ड्रोन उडाएको बारेमा स्थानीयले सुस्तामा रहेको प्रहरी चौकीमा खबर गरेपनि प्रहरीले उनीहरूलाई रोकेको छैन ।

नारायण शर्मा/पूर्वी नवलपरासी — सुस्तामा भारतीय सीमासुरक्षा बल एसएसबीले ड्रोनबाट सीमा अनुगमन गरेको छ । सुस्ता गाउँपालिका ५ को एक नम्बर ठोक्कर नजिकबाट उनीहरूले नेपालतर्फ ड्रोन क्यामरा उडाएर नापजाँंच गरेको स्थानीयले जानकारी दिए ।

सुस्तामा निर्माणाधीन झोलुंगे पुलदेखि नजिकमा बसेर अर्धसैनिक बलका एक दर्जन सुरक्षाकर्मीले नेपाली भुभागमा ड्रोन उडाएर फोटो खिचेको स्थानीय रामधनी कोइरीले टेलिफोनमा जानकारी दिए । उनीहरूले नेपाली भूभागको नक्सांकन गरेको हुनसक्ने स्थानीय बताउँछन् । सीमा क्षेत्रमा एसएसबीले पहिलोपटक त्यसरी ड्रोन उडाउने र नक्सांकन गरेको हाे ।

नेपाली भूभागमा भारतीय सुरक्षाकर्मीले ड्रोन उडाएको देखेपछि हेर्न जाँदा एसएसबीले नजिक नआउन चेतावनी दिएको छ । आइतबार दिउसो १२ बजेपछि उनीहरूले सिमावर्ति सुस्ता क्षेत्रमा ड्रोन उठाउने र अन्य उपकरणको प्रयोग गरेर नेपाली भूभागको नक्सांकन गरेको स्थानीयको भनाई छ । भारतीय एसएसबीले नेपाली भूभागमा ड्रोन उडाएको बारेमा स्थानीयले सुस्तामा रहेको प्रहरी चौकीमा खबर गरेपनि प्रहरीले उनीहरूलाई रोक्ने काम गरेको छैन । सुस्ता गाउँपालिकाको ४ र ५ वडामा सुस्ता पर्छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले त्यहाँ भैरहेको गतिविधिका बारेमा प्रहरी पठाएर बुझ्ने जानकारी दियो । सुस्तामा सुरक्षाका लागि सईको कामाण्डमा नेपाल प्रहरीको चौकी छ भने प्रहरी निरिक्षकको कमाण्डमा सशस्त्र प्रहरीको टोली छ ।

( यो समाचार कान्तिपुर अन्लाइनमा छ )

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology