भारतीय अस्पतालमा आगलागी, १० नवजात शिशुको मृत्यु

NAWALPUR TIMES

भारतीय अस्पतालमा आगलागी, १० नवजात शिशुको मृत्यु
ap24321279154763 16112024011800 1000x0 1

कावासोती । भारतको उत्तर प्रदेश राज्यस्थित एक अस्पतालमा भएको आगलागीमा १० जना नवजात शिशुको मृत्यु भएको छ । झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा शुक्रबारको राति भएको घटनामा ३५ शिशुको जीवितै उद्धार गरिएको अधिकारीहरूले जनाएका छन् । तीमध्ये १६ शिशुको अवस्था गम्भीर रहेको जनाइएको छ ।आगलागीबाट उद्धार गरिएका शिशुहरूलाई सुरक्षित स्थानमा राखिएको जनाइएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार बिहान घटनास्थल पुगेका उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रिजेश पाठकले आगलागीमा १० जना शिशुको दुखद् मृत्यु भएको जानकारी गराएका थिए । तीमध्ये ७ वटा शवको पहिचान भएको अन्य ३ शवको पहिचान हुन बाँकी रहेको उनले बताएका छन् ।उपमुख्यमन्त्री पाठकले घटनामा घाइते १७ शिशुहरूको सोही अस्पतालको आपतकालीन कक्षमा उपचार भइरहेको जनाए । उनका अनुसार ७ जनाको निजी अस्पतालमा उपचार भइरहेको छ ।पाठकले आगलागीको कारणबारे अनुसन्धान भइरहेको र दोषीप्रति कडा कारबाही गरिने प्रतिबद्धता जनाएका हिन्दुस्तान टाइम्सले जनाएको छ ।

घटनाका बेला अस्पतालको एनआइसीयू वार्डमा ४७ नवजात शिशु रहेका थिए । घटनास्थलको फुटेजमा एनआइसीयू वार्डभित्र जलेका विस्तरा तथा पर्खालहरू देखिएका छन् । आक्रोशित परिवारहरू अस्पताल बाहिर पर्खिरहेका देखिन्छन् । झाँसीका प्रमुख जिल्ला अधिकारी अविनाश कुमारले युनिटमा विद्युतीय सर्किट सर्ट भएका कारण आगलागी भएको हो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समार्फत नवजात शिशुको मृत्युलाई ‘हृदयविदारक’ घटना भन्दै ज्यान गुमाउने शिशुका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले शोकाकुल परिवारलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गर्दै सम्बन्धित अधिकारीहरूलाई राहत र उद्धार कार्यका लागि निर्देशन दिएका छन् ।एजेन्सी

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology