भारतिय भुपु सैनिक परिवार बचत तथा ॠण सहकारी संस्थाको १७ औे साधारण सभा सम्पन्न

NAWALPUR TIMES

भारतिय भुपु सैनिक परिवार बचत तथा ॠण सहकारी संस्थाको १७ औे साधारण सभा सम्पन्न
received 1441455806797615

शारदा झेडी मगर, कावासोती । भारतिय भुपु सैनिक परिवार बचत तथा रिण सहकारी संस्थाको १७ औे साधारण सभा शनिबार सम्पन्न भएको छ ।

९ सय जना शेयर सदस्य रहेकोे यस सहकारीको करिव ६ करोड पुजी रहेको जनाएको छ । संस्थाका अध्यक्ष रबिन्द्र केसीको अध्यक्षतामा सम्पन्न साधारण सभामा गण्डकी प्रदेशका भुुमी ब्यवस्था मन्त्रि माननिय महेन्द्रध्वज जिसी प्रमुख अतिथी रहनुभएको थियोे ।

कार्यक्रममा बोल्दै मन्त्रि जिसीले यस सहकारी संस्था अन्यको तुुलनामा अत्यन्तै अनुुशासित र इमान्दार भएको बताउनुभयो । सैनिकहरु नियम पालन गर्ने, सोझो ब्यावहार गर्ने भएकाले योे संस्थाले प्रगती पथमा लम्कने आफुले बिस्वास लिएको समेत उहाको भनाई थियो । कार्यक्रममा पुर्व माननिय ओमकला गौेतम, भुपु सैनिक संघका केन्द्रिय अध्यक्ष कर्णेल धनबहादुुर मास्की राना जिल्ला सहकारी संघका सचिव स्यामसुुन्दर लामिछाने, जिल्ला बचत तथा रिण सहकारी संघका सचिव नारायण प्रसाद पौडेल लगायतका अतिथीहरुकोे उपस्थीति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष केसीले वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुुभएको थियो भने कोषाध्यक्ष योेगप्रसाद शर्मा ढकालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ६ सय ३५ जना शेयर सदस्यकोे उपस्थीती रहेको जनाइएको छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology