भारतमा चर्किदै किसान आन्दोलन : हेर्नुहोस् १५ तस्बिरमा

NAWALPUR TIMES

भारतमा  चर्किदै किसान आन्दोलन : हेर्नुहोस् १५ तस्बिरमा
indian farmer 12 MPaDBeMYFt

एजेन्सी । यसबेला भारतमा किसान आन्दोलन चर्किरहेको छ । दश दिनदेखि राजधानी नयाँ दिल्लीका सडकमा किसानहरुले डेरानै जमाइरहेका छन् । सडकमा चुल्हो बलिरहेको छ । ती चुल्होमा रोटी पाक्छ । चिया पाक्छ । आन्दोलनरत किसानहरु सडकमै सामुहिक रुपमा भोजन गरिरहेका भेटिन्छन् ।

चिकित्सकहरु किसानहरुको स्वास्थ्य जाँच गरिहरेका भेटिन्छन् । आन्दोलन चर्किदो छ । तर सरकारले किसानले राखेका मागको बेवास्ता गरिरहेको बताइन्छ । प्रदर्शनमा ओर्लिएका किसानहरुले नरेन्द्र मोदी नेतृत्वको सरकारले ल्याएको हलिया कानुन खारेजको माग गरिरहेका छन् ।

उनीहरुले सो कानूनलाई किसान विरोधीको संज्ञा दिइरहेका छन् । सो कानून खारेजको माग गर्दै अहिले भारत विशेषगरी पञ्जावका हज्जारौं किसानहरुले राजधानी नयाँ दिल्लीको सीमामा प्रदर्शन गरिरहेका छन् । दश दिनदेखि दिल्लीका सडकमा धर्ना दिएर बसेका किसानका गतिविधि तस्बिरमा हेरौं ।तस्बिरः दैनिक भाष्कर

 

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology