भारतमा घट्न थाल्यो कोरोना संक्रमण दर, नेपालमा खतरा कायमै

NAWALPUR TIMES

भारतमा घट्न थाल्यो कोरोना संक्रमण दर, नेपालमा खतरा कायमै
received 402035130687189 1

काठमाडौं। महामारीबाट थिलथिलो बन्दै गएको छिमेकी भारतमा केही आशाका किरण देखापरेको छ। कोरोना संक्रमणको दर पछिल्लो डेढ महिनामा घट्न थालेको छ। हरेक १४ दिनमा नापिने यो दर भारतमा जुलाई १५ देखि २८ बीच ११.२३ प्रतिशत थियो भने अगस्ट १४ देखि २७सम्म ८.८४ रहेको छ।

 

यो भारतको समग्र संक्रमणको अवस्था हो। आन्ध्र प्रदेश, कर्नाटक, छत्तीसगढ र पश्चिम बंगालमा अवस्था चिन्ताजनक छ। तामिलनाडु र दिल्लीमा पनि पोटिटिभ केस बढी नै छ। भारतमा परीक्षण गरिएको संख्यामा ५ प्रतिशतभन्दा बढीमा पोजिटिभ देखियो भने त्यसलाई ‘रेड जोन’ मा राखिएको छ। त्यसकारण पनि ५ प्रतिशतभन्दा कम संक्रमित भेटिएका खण्डमा खुसी मान्नुपर्ने अवस्था छ। महाराष्ट्रमा संक्रमित बढी भेटिएका छन्।

 

केही समयअघि नयाँ दिल्लीमा अवस्था राम्रो थियो, तर पुनः रेड जोन बन्ने खतरा बढ्न थालेको छ। अगस्ट १४ सम्म पोजिटिभ केस ६ प्रतिशतको हाराहारी रहेकोमा अहिले दर बढ्न थालेको छ। तामिलनाडुमा यस्तो दरमा कमी आउने थालेको छ।

 

विशेषगरी नेपालसँग सीमा जोडिएका भारतीय इलाकामा पछिल्लो समय संक्रमण वृद्धि भएको देखिएको छ। यसले नेपालमा संक्रमित थप वृद्धि भइरहेको हो। सीमानाकामा कडाइ गर्ने भनिए पनि पालना हुन सकिरहेको छैन। अत्यावश्यक सामान ल्याउँदा ट्रकहरुमा आउने यात्रु कोरोनावाहक हुन थालेका छन्।

 

सीमानाकामा ओहोरदोहर गर्न अहिले पनि खासै गाह्रो छैन। पारितिरका कतिपय सिकर्मी, डकर्मी र अन्य प्राविधिक कामदार हरेक दिनजसो कामको खोजीमा नेपाल प्रवेश गरिरहेका छन्। बिनापरीक्षण नेपाल प्रवेश गर्नेकै कारण यहाँ हाल संक्रमित अनियन्त्रित ढंगमा बढिरहेका छन्।

 

भारतमा कोरोना संक्रमितको कूल संख्या ३४ लाख ६३ हजार ९७२ पुगेको छ। जसमध्ये २६ लाख ४८ हजार ९९८ जना संक्रमणमुक्त भइसकेका छन्। त्यहाँ सक्रिय केस अहिले ७ लाख ५२ हजार २६१ रहेको छ। ६२ हजार ७१३ जनाको भने मृत्यु भएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology