भारतमा कोरोनाको चौथो लहरको खतरा

NAWALPUR TIMES

भारतमा कोरोनाको चौथो लहरको खतरा
coronavirus02 768x576 1

काठमाडौं- भारतमा कोरोना संक्रमण फेरि बढेको छ। खासगरी दिल्ली, गुरुग्राम र मुम्बईलगायत शहरमा संक्रमितको संख्या ह्वात्तै बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। योसँगै कोरोनाको चौथो लहरको खतरा बढेको चेतावनी विज्ञहरूले दिएका छन्।

दिल्लीमा पछिल्लो २४ घण्टामा थप दुई सय ९९ जनामा संक्रमण देखिएको छ। दिल्लीमा कोभिड संक्रमण दर शून्य दशमलव पाँच प्रतिशतबाट बढेर दुई दशमलव ७० प्रतिशत पुगेको छ ।

भारतका जम्मा ७ सय ३४ जिल्लामध्ये २९ जिल्लामा संक्रमण दर ५ प्रतिशतभन्दा बढी छ। विश्व स्वास्थ्य संगठनका अनुसार यी जिल्लामा संक्रमण नियन्त्रणबाहिर छ। नयाँ दिल्लीस्थित केही विद्यालयहरु पुनः बन्द भएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाबाट बच्नका लागि सावधानी अपनाउन सबैमा आग्रह गरेको छ। भारतमा जुन र जुलाईमा कोरोनाको संक्रमण बढ्ने र सेप्टेम्बर महिनासम्म रहने विज्ञहरूको अनुमान छ। तर दोस्रो लहरजस्तो घातक नहुने उनीहरूको भनाइ छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology