भारतको छत्तीसगढमा नक्सलवादीको आक्रमण, २२ सुरक्षाकर्मीको मृत्यु

NAWALPUR TIMES

भारतको छत्तीसगढमा नक्सलवादीको आक्रमण, २२ सुरक्षाकर्मीको मृत्यु
naxlabadi YgX7vYRPDA

भारतको नक्सल प्रभावित राज्य छत्तीसगढमा नक्सलवादीसँग मुठभेडमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ । बीजापुर र सुकमा जिल्लाको सीमामा शनिबार भएको मुठभेडमा मृत्यु हुने सुरक्षाकर्मीको संख्या २२ पुगेको आइतबार भारतीय सञ्चारमाध्यमले जनाएका छन् । शनिबार घटनास्थलबाट पाँच सुरक्षाकर्मीको शव फेला परेको थियो भने आइतबार १७ जनाको शव फेला परेको हो । घटनास्थल आसपासका क्षेत्रबाट ती शव बरामद भएको बताइएको छ ।

भिडन्तमा कम्तीमा ३० सुरक्षाकर्मी घाइते भएको बताइएको छ । ‘एएनआई’ समाचार एजेन्सीका अनुसार बीजापुरका एसपी कामालोचन कश्यपले नक्सलवादीविरुद्धको कारवाहीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरेका छन् । समाचार एजेन्सीहरूका अनुसार शनिबार दिउँसो जोनागुडा गाउँ नजिकै लक्सलवादीका लडाकु कार्यकर्तासँग सुरक्षाकर्मीको भिडन्त भएको थियो ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology