भागरथी हत्या : १२ दिन बित्दा पनि अन्योलमै प्रहरी

NAWALPUR TIMES

भागरथी हत्या : १२ दिन बित्दा पनि अन्योलमै प्रहरी
1612579314741

बैतडी, ३ फाल्गुन । दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको १२ दिन हुँदा पनि दोषी पत्ता लाग्न सकेको छैन। प्रहरीले अनुसन्धान साँघुरिँदै गएको दाबी गरे पनि हत्याराका बारेमा ठोस प्रमाण फेला पार्न सकेको छैन। बलात्कार र हत्यामा संलग्न एकजनामात्र हो कि एकभन्दा बढी थिए भन्ने पनि अझै खुल्न सकेको छैन।

बाटोबाट स्पष्ट देखिने ठाउँमा भागरथीको शव फेला परेको थियो। हत्याको भोलिपल्ट घर फर्किरहेका तीन विद्यार्थीले सडकबाटै उनको शव देखेका थिए। चडेपानी गाउँ र सिल्ल गाउँका मान्छे हिँडडुल गरिरहने बाटोबाट स्पष्ट देखिने स्थानमा दिनदहाडै बलात्कार र हत्या कसरी भयो ? यो प्रश्नले स्थानीय बासिन्दालाई रन्थन्याएको छ। शव फेला परेको भन्दा केही मिटर तल घंघारुसहितको झाडी छ। ‘बलात्कार र हत्या गर्ने भए सडकबाट देखिने ठाउँमा नगरेर यो झाडीमा गर्नुपर्ने थियो’, आइतबार नागरिककर्मीलाई घटनास्थलको अवस्था देखाउँदै स्थानीय बलदेव भट्टले भने, ‘यही ठाउँमा बलात्कार र हत्या गरेको भन्ने कुरामा हामीलाई शंका लागेको छ।’ कच्ची बाटोबाट घिसार्दै भागरथीलाई शव फेला परेको ठाउँसम्म लगेको स्थानीय बताउँछन्। कच्ची सडकबाट शव फेला परेको ठाउँसम्म बनमारा झाडीमा घिसारेको जस्तो अवशेष पनि देखिएको उनले बताए। शव भेटिएको स्थान र सडकबीचको एक ठाउँमा ढुंगामा लागेर खसेको भागरथीको शरीरको छालाको टुक्रा प्रहरीले फेला पारेको छ। यो खबर आजको नागरिक दैनिकमा छ ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology