भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार समेत गरेको स्वीकारे

NAWALPUR TIMES

भागरथी हत्या प्रकरणमा पक्राउ परेका किशोरले बलात्कार समेत गरेको स्वीकारे
1613555363625

बैतडी : भागरथी हत्याका आरोपी किशोर दिनेश भट्टले आफूले नै भागरथीलाई बलात्कारपछि हत्या गरेको स्वीकारेका छन्।

दिनेशका बुवा दीपकराज भट्ट, प्रहरी प्रमुख नारायणप्रसाद अधिकारी, सरकारी वकिल राखेर गरिएको बयानमा उनले बलात्कारपछि हत्या गरेको स्वीकारेका हुन्।

छोराले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको दिनेशका बुुवा दिपकराजले जानकारी दिए। यसअघि दिनेशले हत्या मात्रै गरेको बताउँदै आएका थिए।

दिनेशलाई हिजो प्रहरीले सार्वजनिक गरेको थियो। यसका साथै आजै बिहीबार गरिएको बयानमा दिनेशले भागरथीको घडी घटनास्थलमै रहेको बताएपछि प्रहरी खोज्दा घटनास्थल नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।-थाहा खबर

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology